एसकेएम सरकार राज्य र जनताको पक्षमा नभइ भाजपाको दवाबमा रहेर सरकार र चौकी बचाउने तरखरमा छ : सिक्किम प्रदेश कंग्रेसप्रेस बिज्ञप्ति

SC Desk
3 Min Read

सिक्किम र सिक्किमे जनताको भावी सुरक्षा र अधिकारका लागि हालै गठित ‘सिक्किमे नागरिक समाज’ नामक एक गैर राजनीतिक संस्था गठन गरिएकोमा सिक्किम प्रदेश कंग्रेस कमिटी प्रसंसा गर्दै शुभकामना ब्यक्त गर्दछ। राज्य र रज्यवासी जनसमुदायको हितमा नागरिक समाज स्वंय जागरूक भएर सामु आउनु गर्वको बिषय ठान्नु पर्छ। 


जब जनताद्वारा निर्वाचित सरकार र नेताहरूप्रति जनविश्वास गुमाउन थाले पछि राज्यका जनसमुदाय- जनता स्वंय संगठित भएर आफ्नो राज्यको भविष्यको निम्ति संगठित हुनु उत्साहपूर्ण बिषय ठानिन्छ। सिक्किममा वर्तमान एसकेएम सरकारले शुरूदेखिनै जनतालाई धोका दिएर जनबिश्वास टुटाएको हुँदा जनताले आफ्नो मार्ग लिएर सचेतता पूर्वक आफ्नो सुरक्षा र अधिकार खोज्नु जन स्वतन्त्रता हो। 
सिक्किमे जनताले विश्वासमा लिएर एसकेएम पार्टीलाई सासनको बागडोर थमाए पछि जनतालाई दिएका बचनहरू ढाँटेर पूरा गर्न नसक्नु साथै दुइवटा  बिधान सभा आसनहरू  भाजपा लाई बेचिएपछि एसकेएम सरकार प्रतिको विश्वास जनताले गुमाएका छन्। 


यसकासाथै  सम्बिधानको धारा ३७१ (एफ) उल्लंघन  गर्दै भर्खरै केन्द्रीय ऐेन, एक देश एक रासिन कार्ड लागू गरिएकोमा सिक्किमे जनता नाराज बन्दै सरकारप्रतिको विश्वास  तोडिदिएका छन्। 
जब निर्वाचित सरकारप्रति जनताको बिश्वास गुमेपछि राज्यपालले जनगुनासो सुन्नु पर्नेमा जनताको संगठनलाई भेट्न नदिनु घोर अन्याय हो। 


सिक्किम एक सिमावर्ती र सम्वेदनसिल राज्यमा हालसम्म रहेको शान्तिमय वातावरण बिग्रेर जानु सक्छ भन्ने राज्यपालले बुझ्नु पर्छ। राज्य बिधान सभामा प्रस्ताव नल्याइकिन एक देश एक रासिन कार्ड लागू गर्नु राज्य सरकारको मनमानी नीति हो साथै भाजपाको कठपुतली बन्नु हो। 


एसकेएम सरकारको ढाँट र अविश्वासको  राजनीतिलाई जनताद्वारा नै  प्रतिवाद र बहिस्कार हुनु पर्छ भन्ने प्रदेश कंग्रेस ठहर गर्दछ। नवगठित सिक्किमे नागरिक समाजले सिक्किमे भूमि पुत्र र सिक्किमको भावी सुरक्षा खातिर निरन्तर आवाज बुलन्त  गर्दै जावस  साथै प्रत्येक सिक्किमे जनसमुदाय यस संगठनमा जोडिएर सिक्किमको हितमा सक्रिय बनेर अघि आवस भनी  प्रदेश कंग्रेस शुभकामना ब्यक्त गर्दछ। 


एसकेएम सरकार राज्य र जनताको पक्षमा नभइ भाजपाको दवावमा रहेर केवल सरकार र चौकी बचाउने तरखरमा छ। यसले पहिला दुइवटा एमएलए बेचेर चौकी बचाउने राजनीति गरेको जनतालाई सर्वविधित छ भने अब यसले  केही मन्त्री पनि भाजपालाई बेच्न सक्ने सम्भावना प्रवल छ, यस्तो बेपारी सोच राखेर चौकी मात्र बचाउने एसकेएम ले सिक्किम र सिक्किमे को भविष्य बचाउन सक्दैन  भनी सिक्किम प्रदेश कंग्रेस जनताई सचेत गराउँदछ।

गोपाल छेत्री 
चेयरमेन
सिक्किम प्रदेश कंग्रेस।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *