संसदमा नयाँ मन्त्रीमण्डल परिचय अवधि होहल्ला मच्चाएर विपक्षीले आफ्नो सामन्ती सोचलाई उदाङ्गो बनाएका छन् : भा ज पा

SC Bureau
2 Min Read

संसदमा नयाँ मन्त्रीमण्डल परिचय अवधि होहल्ला मच्चाएर विपक्षीले आफ्नो सामन्ती सोचलाई उदाङ्गो बनाएका छन्

प्रेस विज्ञप्ति
21 जुलाई, 2021

केन्द्रमा भारतीय जनता पार्टी नेतृत्वाधीन एनडीए सरकारले हालै आफ्नो मन्त्रीमण्डल विस्तार गर्दै 36 जना नयाँ मन्त्रीहरूलाई स्थान दिएर देशका विभिन्न राज्य, विभिन्न वर्ग, जाति, जनजाति लगायत सबै वर्गको प्रतिनिधित्व सुनिश्चित गरेको छ। नयाँ मन्त्रीमण्डलमा विशेष गरेर युवा तथा महिला वर्गबाट पनि ऐतिहासिक समावेश गरिएको छ। यसैबीच 19 जुलाईदेखि शुरू भएको संसदको मनसुन सत्रमा सदनका नेता तथा प्रधानमन्त्री श्री नरेन्द्र मोदीले संसदीय परम्परा अनुसार सबै नयाँ मन्त्रीहरूको परिचय संसदलाई गराए।

यद्यपि, यसपल्ट संसदमा नयाँ मन्त्रीमण्डलको परिचय गराउने अवधि देशका विपक्षी पार्टीका सांसदहरूले संसदीय मर्यादा अनि परम्परालाई छिन्न भिन्न बनाउँदै होहल्ला र बाधा उत्पन्न गरेर प्रधानमन्त्रीको नयाँ मन्त्रीमण्डलको परिचयलाई धुमिल बनाउने जुन षड्यन्त्र गरे त्यसको भारतीय जनता पार्टी, सिक्किम प्रदेश घोर निन्दा तथा भर्त्सना जनाउँदछ।
वास्तवमा, स्वतन्त्र भारतको इतिहासमा पहिलोपल्ट ठूलो संख्यामा युवा, महिला, दलित, आदिवासी, तथा किसान परिवारहरूबाट संसदमा पुगेका सांसदहरूलाई मन्त्री पद प्रदान गरिएको थियो। तर यसरी सबै वर्गको प्रतिनिधित्व गर्ने मन्त्री मण्डललाई स्वीकार गर्न देशका विपक्षी दलहरू जो अधिकतम परिवारवादी राजनीति अनि सामन्ती विचारधारा लिएर संसदमा पुगेका छन्, उनीहरूलाई नयाँ सबै वर्गको प्रतिनिधित्व रहेको मन्त्रीमण्डल स्वीकार्य नहुनु स्वाभाविक थियो। उनीहरूले मन्त्रीमण्डल परिचयको संसदीय परम्परालाई छिन्नभिन्न बनाएर आफ्नो सामन्ती सोचलाई देशसामु उदाङ्गो बनाएका छन्। भाजपा सिक्किम यस्तो सामन्ती विचारधारा अनि विपक्षी सांसदहरूको यस प्रकारको क्रियाकलापको कड़ा शब्दमा भर्त्सना जनाउँदछ।
अर्कोतिर, देशको प्रगति र विकासलाई मन नपराउने कतिपय अन्तर्राष्ट्रिय षड्यन्त्रकारी शक्तिहरूले मन्सुन सत्रको ठीक अघि तथाकथित रिपोर्ट लीक गराएर संसद सत्रमा जुन प्रकारको व्यवधान खड़ा गर्ने दुष्प्रयास गरेका छन्, त्यसको पनि भाजपा सिक्किम घोर भर्त्सना जनाउँदछ। ती वैश्विक विघटनकारी अनि षड्यन्त्रकारी तत्वहरू हुन् जो भारतको विकास र प्रगतिमा बाधा पुर्‍याउन चाहन्छन् अनि भारतलाई आत्मनिर्भर बनेको हेर्न चाहँदैनन्, त्यस्ता तत्वहरूलाई उचित जवाफ दिन संसदको मन्सुन सत्रले देशको विकासमा एउटा नयाँ मान्दण्ड स्थापित गर्नेछ भन्ने हामी विश्वस्त छौं।

डीबी चौहान
अध्यक्ष
भाजपा, सिक्किम

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *