सिलगढीका युवाहरूलाई दक्षिण भारतीय चलचित्रमा अवसर

SC Desk
2 Min Read

गान्तोक, 8 जुलाई ः  (अर्जुन पीयूष)। कार्तिक सुब्बाराजद्वारा निर्देशित एवं लिखित दक्षिण भारतीय पूर्णाङ्ग फिल्ममा सिलगढीस्थित पृष्ठभूमि कला संस्थान, सिलगढीका तीन युवाहरूले अभिनय गर्ने अवसर पाएका छन्।

पृष्ठभूमि कला संस्थान सिलगढीबाट उक्त चलचित्रमा अभिनयका निम्ति अवसर पाउनेहरूमा धेरै नेपाली चलचित्रमा अभिनय गरिसकेका, गायक एवं समाजसेवी सालुगढा निवासी राजु सशांकर, पृष्ठमूमि कला संस्थानसँग आबद्ध रहिआएका सुमित खाती एवं दावामोती मोक्तान तथा अन्य सिलगढी निवासी असीम सेनगुप्त, अञ्जन दासगुप्त लगायत अन्यहरूले पनि अभिनय गरेका छन्।


दार्जीलिङस्थित माउण्ड हर्मोन स्कूलमा गत 2-6 जुलाई, 2021 सम्म सुटिङ सम्पन्न भएको चलचित्रमा दक्षिण भारत निवासी ध्रूप विक्रमले प्रमुख भूमिका निर्वाह गरेका छन्। स्रोतबाट थाहा लागेअनुसार यस चलचित्रको 50 प्रतिशत सुटिङ दक्षिण भारतका विभिन्न स्थानमा हुनेछ भने लगभग 30 प्रतिशत दार्जीलिङमा अनि बाँकी भाग दार्जीलिङ, सिलगढी लगायत अन्य स्थानहरूमा हुने थाहा लागेको छ। दार्जीलिङमा यस चलचित्रको छायाङ्कन भइसकेको छ।


यस चलचित्रमा राजु सशांकर, सुमित खाती तथा दावामोती मोक्तानले सिनियर आईपीएस अफिसर्सको भूमिका निभाएका छन्। यसरी सिलगढीस्थित पृष्ठभूमि कला संस्थानका युवाहरूले दक्षिण भारतीय चलचित्रमा भूमिका निर्वाह गर्न पाउनुलाई सिलगढी निवासी समाजसेवी उत्तम गुरुङ, अञ्जना प्रधान, दिलिप छेत्री, दिलिप राई आदिहरूले सराहना गर्दै हर्ष व्यक्त गरेका छन्। उनीहरूको भनाइअनुसार नेपाली भाषी तथा बङ्गाला भाषीहरूलाई यसरी दक्षिण भारतीय चलचित्रमा अवसर दिनुको अर्थ सिलगढीमा चलचित्रमा भूमिका निर्वाह गर्नसक्ने व्यक्तिहरूको अभाव नरहेको कुराको पुष्टि गर्छ भन्ने उनीहरूको भनाइ रहेको छ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *