उदासी, विरही र मुस्ताङ पुरस्कारका निम्ति यावा, कौशिक एवं नीरवको नाम घोषणा

SC Desk
1 Min Read

गान्तोक:(अर्प्रजुन पीयूष)। गतिशील विद्यार्थी साहित्य सङ्घ सोरेङ, पश्चिम सिक्किमले, सोरेङका तीन दिवङ्गत साहित्यिक व्यक्तित्वहरूको स्मृतिमा 2019-देखि स्मृति दिवस पालन गर्नाका साथै तीनजनाकै नाममा स्मृति प्रेरणा पुरस्कार प्रदान गर्दैआइरहेछ। गत 20 सेप्टेमबरको दिन बसेको सभामा वर्ष 2021-का निम्ति प्रदान गरिने पुरस्कार र पुरस्कृत लेखक कविहरूको घोषणा गरेको छ। पुरस्कारका निम्ति सङ्घले अघिबाटै तीनजनाको प्रस्तावना समिति गठन गरेको थियो। प्रस्तावना समितिले प्रेषित गरेका पन्ध्रजनाको नामबाट विद्यार्थीहरूको माझबाट गठित निर्णायक समितिले तीनजनाको नाम सङ्घलाई पेश गरेको थियो र सङ्घको कार्यकारिणी समितिले ती नामहरूलाई स्वीकृत दिएको छ।
सङ्घले निर्णय लिएअनुसार यस वर्षको गहर उदासी स्मृति प्रेरणा पुरस्कारका निम्ति कवि भूपाल कौशिक, श्याम विरही स्मृति प्रेरणा पुरस्कारका निम्ति धन ‘नीरव’ प्रधान र द्वीप मुस्ताङ स्मृति प्रेरणा पुरस्कारका निम्ति अर्जुन यावालाई चुनेको छ। सङ्घको मान्यतानुसार प्रगतिशील, लगनशील र नेपाली भाषा-साहित्यको निम्ति समर्पित युवा सर्जकहरूलाई यो पुरस्कारको निम्ति चुन्ने गरिन्छ।
आउँदो 6 अक्टोबरको दिन सोरेङमा आयोजित हुने स्मृति दिवसमा यस वर्षको पुरस्कार प्रदान गरिने कुरा प्रगतिशील विद्यार्थी साहित्य सङ्घकी अध्यक्ष श्रद्धाञ्जली दाहालले जानकारी दिएकी छन्। 

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *