ONORC ” न कानून हो, न एउटा नियम नै हो” भन्ने आधिकारिक बयान जारी गरेर SKM सरकारले यो केवल एउटा षड्यन्त्र मात्र रहेको प्रष्ट पारेको छ : पासाङ शेर्पा

SC Desk
2 Min Read

सिक्किम र सिक्किमेको अस्तिवलाई संकटमा पार्ने one nation one ration card जस्तो दूरगामी परिणामको संभावना बोकेको कानुनलाई सिक्किमे जनता र सिक्किम विधानसभाको परामर्श विनानै जबरदस्ती लागु गरे पश्चात् आम सिक्किमे जनमानसको पुरजोर विरोधको सामना गर्नु परिरहेको BJP-SKM गठबंधन सरकारले आफनो भुल स्वीकार्नुको साटोमा निरर्थक र भ्रामक बयान बाजी गरिरहेको छ| एक राष्ट्र एक राशन कार्ड “न कानुन हो, न एउटा नियम नै हो” भन्ने आधिकारिक बयान जारी गरेर SKM सरकारले यो ONORC केवल एउटा षड्यन्त्र मात्र रहेको प्रष्ट पारे को छ| कानुन र नियम संबंधित कुनै सरोकार नराखने कस्तो गैर जिम्मावारी हुकुमलाई सरकारले सिक्किमे माथि थोपदै छ?

सिक्किमे जनताको आशंकालाई संबोधन गरेर सिक्किम र सिक्किमको सुरक्षा कवज धारा ३७१एफ प्रतिको प्रतिबद्धता सुनिश्चित गर्न को साटो अनर्गल तर्क पेश गरेर SKM-BJP गठबंधनले आफनो सिक्किम विरोधी चरित्रलाई सिक्किमे जनता अगाडि उदांगो पारेको छ| सत्ता, चौकी, पैसा र भोग-विलासमा चुर्लुम्म डुबेका अधिनायकवादी सरकारले चुनाव भन्दा अगाडि सिक्किमे जनतालाई दिएको बचनहरूलाई वेवास्ता गर्दै सिक्किमेहरूको मौलिक र संवैधानिक अधिकारहरू माथि खेलवाड गरिरहेकोछ| सिक्किमे जनताले गुमाएका अधिकारहरू हामी पुन:बहाली गर्नेछौ भनि चुनाव अगाडि ढंक पिटने पार्टीले अहिले आएर सिक्किममा पहिल्यैबाट केंद्रीय कानुनहरू लागु भएको दृष्टान्त देखाएर one nation one ration card को वकालती गर्नु सिक्किमको निम्ति ठुलो दुर्भाग्यको विषय हो| तसर्थ, SKM-BJP गठबंधन कुनै पनि रूपमा सिक्किमको हितमा नरहेको कारण सिक्किम र सिक्किमेको सुरक्षाको जिम्मावारी हरएक सिक्किमे सर्वसाधरण जनता माथि आईपरेको छ| यस्तो विकराल घड़ीमा सिक्किम र सिक्किमेको अस्तिव र विशिष्ट पहिचानलाई जोगाई राखनुको निम्ति हामी एक भएर अघि बड़नु पर्छ भन्ने आव्हान गर्दछु|

Passang Sherpa

Coordinator

I AM 371F Campaign

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *