एस डी एफ पार्टीद्वारा दस मिनट धरतीलाई विभिन्न कार्यक्रमका साथ पालन गरिने

SC Desk
2 Min Read

प्रेस विज्ञप्ति

धरतीलाई दस मिनट (टेन मिनट्स टू अर्थ) कार्यक्रम राज्यमा विगत वर्ष २००९ -देखि एसडीएफ सरकारको कार्यकालमा प्रारम्भ गरिएको एउटा उल्लेखनीय पर्यवारणमुखी कार्यक्रम हो। एसडीएफ पार्टीका अध्यक्ष श्री पवन चामलिङका पर्यावरणमुखी अवधारणाअनुरूप जून महिनाको २५ तारिख प्रत्येक वर्ष यस कार्यक्रमलाई एसडीएफ पार्टीले पालन गर्दै आइरहेको छ। यस वर्ष पनि एसडीएफ पार्टीले यस कार्यक्रमलाई नयाँ परिपाटीमा पालन गर्ने निर्णय लिएको छ। पार्टीले भोलि अर्थात्‌ २५ जूनका दिन यस कार्यक्रमलाई दुइ सत्रमा विभाजित गरी पालन गरिरहेको छ।

    पहिलो सत्रमा बिहानको १० बजेर १० मिनटको समयमा कोभिड प्रोटोकललाई पालन गर्दै वृक्षरोपणको साथमा साफ-सफाई अभियान गरिनेछ। कोरोना महामारीलाई मध्यनजर राख्दै यस वर्षको ‘टेन मिनट्स टू अर्थ’ कार्यक्रम एकै ठाउँमा भेला नभएर पार्टीका सहयोद्धाहरूले वृक्षरोपण साथै साफ-सफाई आ-आफ्नो स्थान, घर-प्राङ्‌गणमा गर्नेछन्‌।

यस कार्यक्रमको दोस्रो सत्र साँझ चार बजी भर्चुअल रूपमा पालन गरिनेछ। भर्चुअल कार्यक्रममा ‘दस मिनट धरतीलाईः भविष्यको निम्ति एक पाठ’ -को थीमसहित आधा घण्टाको वेबिनार हुनेछ। वेबिनारबाटै एसडीएफ पार्टीद्वारा आयोजित ‘एभरी ट्री म्याटर्स’ फोटोग्राफी प्रतियोगिताको घोषणा पनि हुनेछ। महिनाव्यापी यस प्रतियोगितामा राज्य र राज्यबाहिरका फोटोग्राफी एक्पर्ट्सहरूको निर्णायक मण्डलीले दिएको फलाफलपछि विजेताको घोषणा गरिनेछ। विजेतालाई आकर्षक नगद्‌ पुरस्कार तथा प्रमाण-पत्र पार्टीले प्रदान गर्नेछ।

     यसरी नै वेबिनारमा पार्टीका सम्माननीय अध्यक्षले प्रत्यक्ष सम्बोधन गर्नुहुनेछ। यसका साथै यस कार्यक्रममा देशका प्रसिद्ध पर्यावरणविद्‌ एवं विज्ञान तथा पर्यावरण केन्द्र, नयाँ दिल्ली (सेण्टर फर साइन्स एण्ड इन्वायरोन्मेण्ट, सीएसई) -की डाइरेक्टर जेनेरल डा. सुनिता नारायणले २० मिनटको सम्बोधन गर्नुहुनेछ। यसपछि राज्य अनि राज्यबाहिरका प्रतिष्ठित पर्यावरणविद्, जीवविज्ञानीहरू तथा शोधार्थीहरू जस्तै श्री अम्बर जमिर, श्रीमती उषा लाचुङ्‌पा, श्रीमती अर्चान वैद्य तथा डा. स्मृति बस्नेतद्वारा ‘दस मिनट धरतीलाई : भविष्यको निम्ति एक पाठ’ – माथि प्यानल डिस्कसन गरिनेछ। यस भर्चुअल कार्यक्रमलाई वेबिनार लिङ्कलगायत एसडीएफ पार्टीको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गरिरहेका छौं।

     पृश्वीको संरक्षण र संवर्द्धन हामी सबैको अहम्‌ दायित्व हो भन्दै एसडीएफ पार्टी ‘टेन मिनट्स टू अर्थ’ कार्यक्रममा सबैलाई सहभागी बनिदिने विनम्र आग्रह गर्दछ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *