एस डी एफले जनतालाई दिग्भ्रमित बनाउने काम नगरेर एस के एम सरकारले दुइ वर्षमा गरेको प्रगतिलाई हेरोस् : एस के एम

SC Desk
1 Min Read

प्रेस विज्ञप्ति
14 जुलाई 2021

पूर्व सिक्किमको पाक्योङ्ग देखी अम्बा-मामरीङ्ग र बीरीङ – तारेथाङ्ग जाने रोड़ पाचेपुल छेउमा शुक्रबारको दिन अपरान्ह ठुलो पहिरो गएकोले गर्दा रोड पूर्णरूपले क्षति पुराएको छ। अहिले त्यहाँ वहान कुदन ठप्प भएको छ। जून दिन पहिरो गयो त्यही दिन नै क्षेत्र विधायक श्री विष्णु कुमार खतीवड़ाले सम्बन्धित निकायलाई सो रोड तुरुन्तै खोलीनु पर्छ भनी निर्देश दिए पछि निकायका अधिकारीहरुले त्यस पहिरो क्षतिग्रस्त रोडको भ्रमण गरी रोडलाई चाँडो भन्दा चाँडो काम गर्ने कुरामा लागी परेको छ। 

त्यसै गरी आज क्षेत्र विधायक श्री विष्णु कुमार खतीवड़ाको निर्देशनमा सिक्किम हाउसिंग बोर्डका अध्यक्ष श्री कर्मा टांशी भोटिया, एसकेएम पार्टीका मुख्यालयका महासचिव (प्रसार प्रचार) श्री बुम छिरीङ्ग योञ्जन, पाक्योङ्ग खण्ड विकास अधिकारी श्री निलकण्ठ भण्डारी, पंचायत सभापति, वार्ड पंचायत लगायत NDRF का टोली सो पहिरोको भ्रमण गरेको छ। सो भ्रमणको क्रम विभागका DE लाई तुरुन्तै रोडलाई खोलीनुको निम्ति दिन रात काम गर्ने निर्देशन भए पछि आज देखी नै सो रोड़ खुलाउनको निम्ति काम शुरु गरेको छ। कुल एक हप्ता भित्र रोड़ अस्थाई रुपमा चल्ने विभागले जनाएको छ।

रञ्जना प्रधान
सचिव, प्रचार प्रसार प्रभाग
सिक्किम क्रान्तिकारी मोर्चा

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *