भारतीय जनता पार्टीका सर्वभारतीय राष्ट्रिय महामन्त्री तरुण चुग सिक्किम भ्रमणमा | एस सी नेपाली

SC Desk
2 Min Read

भारतीय जनता पार्टीका सर्वभारतीय राष्ट्रिय महामन्त्री श्री तरूण चुग दुई दिवसीय सांगठनिक भ्रमणमा सिक्किम आइपुगेका छन्। 

उनीसँग पार्टी प्रदेश प्रभारी डा. सुकान्त मजुम्दार पनि सिक्किम भ्रमणमा रहेका छन्। राष्ट्रिय महामन्त्रीको आगमनमा सिङ्तामस्थित प्रदेश पार्टी कार्यालयमा प्रदेश
अध्यक्ष श्री डीबी चौहान, प्रदेश कार्यकारिणी समितिका सदस्यगण तथा चारै जिल्लाबाट उपस्थित पार्टी पदाधिकारीगण तथा कार्यकर्ताहरूले भव्य स्वागत जनाए।
दुई दिवसीय सांगठनिक भ्रमणको पहिलो दिन श्री तरूण चुगले आज पार्टीका विभिन्न स्तरका कार्यकारिणीहरूसित सोझो बैठक गरे। यस क्रममा एउटा जिल्ला कमिटी, एउटा मण्डल कमिटी अनि एउटा बुथ कमिटीसँग उनले बैठक गरेका छन् जसमा भाजपा पश्चिम जिल्ला कमिटी, दक्षिण सिक्किमको याङगाङ-राङगाङ मण्डल कमिटी अनि पीपलडाँड़ा, सिङताम बुथ कमिटी सामेल छन्। यस अतिरिक्त भारतीय जनता युवा मोर्चाको प्रदेश कमिटी, टुअरिज्म सेल, विभिन्न मण्डल अध्यक्षहरू साथै अन्य कार्यकर्ताहरूसँग पनि राष्ट्रिय महामन्त्रीले अलग अलग बैठक गरे। बैठकमा श्री चुगले पार्टीको विभिन्न सांगठनिक संरचना अनि पार्टीको गतिविधिहरूबारे कार्यकर्ता अनि पदाधिकारीहरूबाट जानकारी लिए। यस क्रममा पार्टी पदाधिकारीहरूले पनि पार्टी विस्तारमा आइपर्ने विभिन्न समस्याहरूबारे खुलेर चर्चा-परिचर्चा गरेका छन्।
यस अतिरिक्त आज साँझ महामन्त्री चुगले पार्टीका विधायकगण तथा प्रदेश अध्यक्ष र प्रदेश प्रभारीसँग बैठक गरेका छन्। भोलि उनले प्रदेश कार्यकारिणी समिति, विभिन्न विभागका संयोजक साथै नागरिक समाजसँग पनि बैठक गर्ने कार्यक्रम रहेको छ भने भोलि साँझ राज्यपाल अनि मुख्यमन्त्रीसित सौजन्यमूलक भेटवार्ताको कार्यक्रम रहेको छ।

डा. राजु गिरी
प्रवक्ता
भारतीय जनता पार्टी, सिक्किम

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *