जोरथाङ बजारका धेरै एसकेएम पार्टीका युवा कार्यकर्ताहरु एसडीएफ पार्टीमा सामेल भएका छन् : एस डी एफ

SC Desk
2 Min Read

प्रेस विज्ञप्ति      

आज तारिक 27 अगस्त 2021-को दिन गान्तोकको बाइपास स्थित एसडीएफ पार्टीको मुख्य कार्यलयमा पार्टी अध्यक्षको उपस्थितिमा जुम-सालघारी निर्वाचन क्षेत्रअन्तर्गत जोर्थाङ्ग बजारका धेरै एसकेएम पार्टीका युवा कार्यकर्ताहरुले औपचारिकरुपमा एसडीएफ पार्टीमा सामेल भएका छन्।      

एसडीएफ पार्टीका अध्यक्ष श्री पवन चामलिङले एसकेएम पार्टीका कार्यकर्ताहरुलाई एसडीएफ परिवारमा स्वागत जनाउँदै जात-जाति र धर्म जस्ता संकृर्ण विचारबाट उठेर सिक्किम र सिक्किमेली जनताको हित र हकका निम्ति काम गर्नुपर्छ भन्नुहुँदै, एसडीएफ पार्टीको नीति र सिद्धान्तलाई सिरोपर राखेर काम गर्ने आह्वान गर्नुभयो।

25 वर्षको एसडीएफ कार्यकालमा सिक्किमले धेरै तरक्की गरेको उदाहरण दिंदै  सिक्किमे भोटिया-लेप्चा, नेपाली अनि पुराना बेपारीहरूको साझा सम्पतिमा सिक्किम हिजो रूपान्तरण भएको थियो। वर्तमान अवस्थामा सिक्किम दिनप्रतिदिन खराब र असुरक्षित बन्दै गएको छ। न्याय प्रणाली, सरकारी तन्त्र सबै एकपाखे र राजनीतिकरण बन्दै गएका छन्।

युवा-चेली र आम जनगण अभिभावक विहिन भएर अनिश्‍चित भविष्यको चिन्ताले ग्रस्त भएका छन्। सिक्किम र सिक्किमेली जनताको संवैधानिक अधिकार र अस्मिता आज खतारमा परेको छ। सरकार जनतालाई ढाँट्न, छल्न र गुमराह गराउननै तल्लिन भएकाले कुनै नयाँ जनमुखी कार्यक्रम ल्याउन विफल भएको कुरा बताउनु भयो।     

एसकेएम पार्टीलाई त्याग गरि एसडीएफ पार्टीमा सामेल हुने कार्यकर्ताहरुले वर्तमान सरकारको गुनासो गर्दै एसकेएम पार्टीले चुनाव अगाडि गरेको बाचा कुनै पनि पूरा नगरेर जनतालाई धोका दिएको बताए। एसकेएम पार्टीमा भविष्य सुरक्षीत छैन भन्दै यो पार्टीले हामी युवा कार्यकर्ताहरुलाई झुठो आश्वासन र भाषण मात्र दिएर दिग्भ्रमित पार्‍यो भन्दै अब हामी एसडीएफ पार्टीको सिद्धान्तलाई शिरोपर राखेर अनुशासनमा बसेर 2024-मा एसडीएफ पार्टीको सरकार बनाउन कटिबद्ध भएर काम गर्ने युवाहरुले बचन दिए।      

उक्त कार्मक्रमलाई पश्चिम जिल्लाका महासचिव प्रभारी टाँशी ग्याछो भोटियाले सञ्चालन गरेका थिए भने , युवा प्रकोष्टका उपाध्यक्ष डा.मिछुङ्ग भोटियालगायत पार्टीका बरिस्ठ कार्यकर्ता साथै युवा चेलीहरुको उपस्थिति रहेको थियो।                     

विष्णु दुलाल      

प्रचार सचिव,

एसडीएफ

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *