पूर्व सिक्किम स्यारी निवासी स्वर्गीय कुमार प्रधानकी धर्मपत्नी हिस्से छोडेन भोटियाको निधनले एसडीएफ पार्टीमा शोकको लहर : एसडीएफ

admin
1 Min Read

पूर्व सिक्किमको स्यारी निवासी स्वर्गीय कुमार प्रधानकी धर्मपत्नी श्रीमती हिस्से छोडेन भोटियाको निधनले एसडीएफ पार्टीमा शोकको लहर छाएको छ।  स्वर्गीया हिस्से छोडेन भोटिया लामो समयदेखि नै विरामी अवस्थामा थिइन्। उनको मणिपाल अस्पतालमा उपचार चलिरहेको क्रममा २८ सेप्टेम्बरको मध्यराति १ बजी उनको निधन भएको थियो।

   स्वर्गीया हिस्से छोडेन भोटिया एसडीएफ पार्टीको केन्द्रीय समितिकी सदस्य थिइन्। उनी एसडीएफ पार्टीकी एक कर्मठ कार्यकर्ता हुनको साथै असल विचार भएकी नारी थिइन्। स्वर्गीया हिस्से आईले आफ्नो पार्थिक शरीरलाई छोड़ेर गए तापनि उनले पार्टी र समाजप्रति दिएको योगदान सदैव अमर रहनेछ। 

१५, फरवरी १९५६ सालमा जन्मेकी स्वर्गीया हिस्से छोडेन भोटियाले आफ्ना दुइ छोरीहरूलाई यस संसारमा छोड़ेर गइन्। एसडीएफ अध्यक्ष साथै पार्टीको तर्फबाट उहाँको परिवारप्रति शोक समवेदना प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौं। यस्तो दु:खद घड़ीमा उहाँको परिवारलाई ईश्वरले सहन गर्ने क्षमता दिऊन् भन्दै दिवङ्गत आत्माले बैकुण्ठ प्राप्त गरोस् भनेर प्रार्थना गर्दछौं। 

विष्णु दुलाल 

सचिव , प्रचार-प्रसार मामिला

एसडीएफ ।

29.09.2021

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *