एस डी एफ पार्टीले 22 जूनका दिन 30औं क्रान्ति दिवस भर्चुअल रुपमा पालन गर्ने

SC Desk
2 Min Read

प्रेस विज्ञप्ति
आज ता. १८ जून २०२१-को दिन सामाजिक दुरीलाई पालन गर्दै एसडीएफ पार्टी मुख्यलयमा पार्टीका उच्च पदाधिकारीहरूको एउटा जरूरी सभा बसियो। पार्टीका वरिष्ठ उपाध्यक्ष-पूर्व जिल्ला प्रभारी श्री डी बी थापाको अध्यक्षतामा बसेको यस सभामा पहिलो चरणमा राज्यले वर्तमान समयमा भोग्नु परिरहेका विभिन्न समस्याहरू माथि चर्चापरिचर्चा गरियो। यय महामारीबाट आम जनतालाई सुरिक्षत राख्नका निम्ति एसडीएफ सहयोद्धाहरू सेवामा जुटिरहेका तथा अझ कसरी सशक्त रूपमा जुट्ने विषयमाथि पनि आजको सभामा बहस गरियो।
यसका अतिरिक्त आजको सभामा मूल रूपमा पार्टीका दुईवटा महत्त्वपूर्ण पर्वहरूलाई पालन गर्ने विषयमाथि व्यापक रूपमा बहस भयो। सबैको सम्मतिअनुसार आगमी २२जूनका दिन ३०औं क्रान्ति दिवस महामारीलाई मध्यनजर राख्दै पार्टीले भर्चुअल रूपमा पालन गर्ने निर्णय सभामा भयो। पार्टीका सम्माननीय पार्टी अध्यक्ष श्री पवन चामलिङका उदार अवधाराणअनुरुप विगत १० वर्षदेखि यता २५ जूनमा धरतीलाई दस मिनट्स (टेन मिनट्स टू अर्थ) नामक पर्यावरणमुखी कार्यक्रम राज्यमा हरेक वर्ष पालन गर्दै आइरहेको छ। यो कार्यक्रम पनि महामारीलाई ध्यानमा राख्दै पार्टीले नयाँ प्रकारले पालन गर्ने निर्णय लिएको छ।
आजको सभामा वरिष्ठ उपाध्यक्ष श्री डी बी थापाले सबै पदाधिकारीहरूलाई आ-आफ्नो स्तरबाट पार्टीको कार्यक्रमलाई अघिबढाउन सक्रिय बनिरहेकोमा आभर व्यक्त गर्नुहुँदै एसडीएफ पार्टी सिक्किम र सिक्किमेली जनताको मान, सुरक्षा र समृद्धिको पक्षमा प्रतिबद्ध बनिरहेको र भविष्यमा अझ सशक्त रूपमा पार्टीले जनपक्षीय काम गर्ने पनि आवगत गराउनु भयो।
 
                                                                                            
 आमोश आर लेप्चा
 महासचिव, प्रशासनिक मामिला
 एसडीएफ।   

१८.०६.२०२१

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *