मुख्यमन्त्री पी एस तामाङले देशका गृहमन्त्री समक्ष सिक्किमको गम्भीर विषयमा माग नराखेर ईन्टरनेटको माग राख्नु भनेको “खोदा पहाड़ निकला चूहा ” भने जस्तै हो : एस डी एफ

Sherab Palden Bhutia
2 Min Read

एसडीएफ पार्टीका प्रवक्ता जे. बी. दर्नालले एक लाइभ भिडियो वार्ता गरेर मुख्यमन्त्री श्री पी.एस. गोलेमाथि गम्भीर प्रश्‍न खड़ा गरेका छन्। हालै मेघालयको उत्तर-पूर्वीय राज्यहरूको महत्वपूर्ण सभामा गएर सिक्किमका वर्तमान मुख्यमन्त्रीले देशका गृहमन्त्रीको उपस्थितिमा पनि सिक्किमे जनताहरूका न्यायोचित मागहरूलाई उठान गर्न सकेनन्। विधानसभामा लिम्बू-तामाङको सीट आरक्षण, 12 जातिमा पर्ने समुदायहरूलाई जनजातिको मान्यता, परमपुज्य धर्मगुरू कर्मापालाई सिक्किम भित्र्याउने आदि जस्ता महत्वपूर्ण मागहरूको कुरा नउठाएर ईन्टरनेटको माग राख्नु भनेको चाहिँ ‘खोदा पहाड़ निक्ला चुहा’ भने जस्तै भयो।

 इन्टरनेट पनि समयको जरूरत हो तर इन्टरनेटभन्दा महत्वपूर्ण सिक्किमेली जनताहरूको थातीमा रहेका मागहरू हुन भन्ने कुरा राज्यका मुख्यमन्त्री महोदयलाई थाहा हुनुपर्ने हो। दक्ष र इमान्दार नेतृत्वले कुनै पनि अवसर र मौकालाई सिक्किम र सिक्किमेली जनताको हितमा प्रयोग गरेको हुनुपर्छ। आज सिक्किमले पाएको यति ठूलो मौका गुमाएकोमा एसडीएफ पार्टी खेद प्रकट गर्दछ।

 पूर्वउत्तर राज्यका मुख्यमन्त्रीहरूको आयोजित कार्यक्रममा सिक्किमका मुख्यमन्त्रीले जलवायु परिवर्तनको कुरा उठाए। त्यसका लागि एसडीएफ पार्टी मुख्यमन्त्रीलाई धन्यवाद प्रकट गर्दछ। तर सिक्किमकै धर्तीमा उनकै आँखा अगाड़ी हजारौं रूखहरू काटिए, राज्यको खोला-नालामा गैरकानुनी रूपमा बुलडोजर चल्दैछन्, प्लास्टिक प्रयोगमा प्रतिबन्ध, पटेका पड़काउन निषेध आदिजस्ता महत्वपूर्ण र जलवायु संरक्षणका नियामावलीको धज्जी उड़ाईएको छ। जैविक खेतीको उपेक्षा र खिल्ली उड़ाएको छ भने उनले जलवायु संरक्षण सम्बन्धमा दिएको वक्तव्य पनि देखावटी मात्र साबित भएको छ। व्यवहार र भाषणको एकरूकता नहुने चरित्रनै आज एसकेएम सरकार र पार्टीको परिचय भएको कुरा आज उनले स्वयं सिद्ध गरेका छन्। यस्तो दोग्ला चरित्रले सिक्किम सरमसार भएको कुरा एसडीएफ पार्टीले ठोकुवा गर्दछ।

 विष्णु दुलाल
 प्रचार सचिव, एसडीएफ

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *