परिवर्तनको नाम गरेर झूठ, अफवाह र फरेबको आड़मा सत्ता हत्याउन सफल भएको एसकेएम सरकारमा जनता वाक्क दिक्क भएका छन् : एस डी एफ

admin
2 Min Read

प्रेस विज्ञप्ति 

आज तारीख ४ अक्टोबर, २०२१ -को दिन जूम-सालघारी क्षेत्र अन्तर्गत जोरथाङको गरीब उत्थान भवनमा पश्चिम जिल्ला एसडीएफ पार्टीका युवा प्रकोष्ठको तत्वावधानमा  एउटा समन्वय सभा सम्पन्न भयो।  सभामा सबै क्षेत्रमा एसडीएफ पार्टीको युवा प्रकोष्ठलाई मजबुत बनाउने विषयमा निर्णय भएको छ। यसरीनै आजको सभमा पार्टीको युवा प्रकोष्ठले वार्ड स्तरदेखि लिएर जिल्ला स्तर अनि राज्य स्तरका सबै युवाहरूलाई अप्रजातान्त्रिक र अमानवीय एसकेएम सरकारदेखि सिक्किमलाई मुक्ति दिलाउन एकजुट बन्नका निम्ति सचेत तुल्याउने कार्यक्रम अघि बढाउने अर्को निर्णय पनि भएको छ। 

परिवर्तनको नाम गरेर झुठ, अफवाह र फरेबको आड़मा सत्ता हत्याउन सफल भएको एसकेएम पार्टीको सरकारमा जनता वाक्क दिक्क भएका छन् र यस्तो तानाशाही सरकारदेखि जनतालाई मुक्ति दिलाउने सर्वप्रथम जिम्मा युवा चेलीहरुमा आएको छ भन्दै जरूरत परेको खण्डमा सबै सड़कमा उत्रिन पनि तयार छौं भन्ने कुरालाई युवाहरुले सभामा राखे।   एसडीएफ पार्टी ट्र्स्टेड र टेस्टेड अनि अनुभवी नेता भएको एक अनुशासित क्षेत्रीय पार्टी भएकोले गर्दा सबैले पार्टीको निति सिद्धांतलाई शिरोपर राखेर काम गर्नुपर्ने विषयलाई वरिष्ठ नेताहरुले उठाउँदै युवाहरु असल समाज निर्माण गर्ने महान खम्बा हुन् त्यसैले पार्टीको संगठनलाई मजबुत बनाउन युवाहरुको जोश, नयाँ आइडिया र सीनियरहरुको अनुभवलाई लिएर काम गर्ने उपस्थित भेलाले सभामा कुरा राखे।

युवा प्रकोष्ठका उपाध्यक्ष डा. मिछुङ भोटियाको अध्यक्षतामा सम्पन्न भएको सभामा पश्चिम जिल्लाका ८ वटा क्षेत्रका संयोजक – उपसंयोजकहरुको सहभागिता थियो। उक्त सभामा उपाध्यक्ष सङ्गठन श्री सतीश मोहन प्रधानलगायत श्री टाशी ग्याछो भोटिया महासचिव प्रभारी पश्चिम, श्री एस.आर. सुब्बा महासचिव सङ्गठन, श्री रबिन तामाङ जिल्ला कार्यकारी अध्यक्ष, श्री राम गुरुङ सचिव ( युवाप्रभारी) साथै उपाध्यक्ष,  संयोजक , युवा चेलीहरुको उपस्थिति रहेको थियो ।         

  प्रकाश ली  महासचिव,

युवा प्रकोष्ठ  एसडीएफ।  

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *