मेरो गरिबीलाई बेचेर कुनै एकजना व्याक्ति चौकीमा पुग्न खोज्छ भने म त्यसको विरोध गर्छु – अरुण लिम्बू

SC Bureau
1 Min Read

वर्तमान सरकार विद्यार्थी विरोधी सरकार रहेको एक्टिविस्ट अरुण लिम्बूले आरोप लगाएका छन्। यस सरकारले विद्यार्थीहरुको पक्षमा एउटै पनि काम नगरेको उल्टा विद्यार्थीलाई कूटपिट गर्ने काम ,कलेजबाट निकाल्ने काम गरिएको अरुण लिम्बूको भनाई रहेको छ।

6 जुलाईको दिन उनलाई सरकारद्वारा प्रायोजित गुण्डाहरुले उनको घरमा आएर घरभित्रबाट उनलाई निकालेर कूटपिट गरेको अनि उनको भाउजू अनि चेलीलाई रेप गर्ने कोशिश गरेको तर आरोपीलाई पुलिसले अनलाइन एरेस्ट गरेर अनलाइ रिहा गरिदिएको अरुण लिम्बूले बताए।

सरकारको गलत काम गराईको आरोपमा आवाज उठाँउदा आफूमाथि कूटपिट भएको उनको भनाई रहेको छ।

सरकारलाई लाग्छ आफूले गलत काम गरि रहेको छ भने कानूनी रुपमा जून सजाय दिए पनि भोग्न तयार रहेको उनले थप बताए। आफू एक जिम्मेदार नागरिक भएकोले सरकारको गलत काम गराईमा आवाज उठाइ रहने उनले बताए।

उनले भने – मेरो गरिबीलाई  बेचेर कुनै एक जना व्याक्ति चौकीमा पुग्न खोज्छ भने म त्यसको विरोध गर्छु। मलाई मेरो गरिबी प्यारो छ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *